‘यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन’ – केशव स्थापित

4

काठमाडौं – काठमाडौं महानगरपालिकाका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

बिहिबार नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा स्थापितले महिला लक्ष्यित आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।

काठमाडौं महानगरका उम्मेदवारहरूलाई बोलाइएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी भावना राउतले ‘मिटु’ अभियानका क्रममा उनीमाथि लागेको आरोपबारे जिज्ञासा राख्दा उनले जङ्गिदै आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।

कार्यक्रममा राउतले मीटू आरोपबारे प्रश्न सोध्दा स्थापितले भने ‘मलाई आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ’ स्थापितले विद्यार्थी प्रतिनै जंगिदै भने‘ यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन ।’

मेयरका प्रत्यासी स्थापितको यो भनाइ अहिले सामाजिक सञ्जालमा व्यापक रुपमा आलोचना भइरहेको छ ।

समाचार वर्गहरू