रविलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा सोधेपछि …..

62
फोटो- सामाजिक सञ्जाल

काठमाडौं – उच्च अदालतको आदेश आएको करिब एक घन्टामै  रवि लामिछानेलाई पक्राउ गर्न शुक्रबार परिचालन भएपछि प्रश्न उठेको छ।

साढे ७ बजे उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो। करिब नौ बजे उनको घरमा प्रहरी पुगिसकेको थियो। यद्यपी पक्राउको क्रममा विवाद भएको स्रोत बताउँछ।

कुनै कागजपत्रबिना नै प्रहरी पुगेपछि विवाद भएको हो। रविका सहयोगीले पक्राउ पूर्जी वा अन्य कुनै कागज मागेका थिए। तर, प्रहरीले तयार गरेको थिएन । केही समय विवाद भएपछि प्रहरीले पूर्जी दिएर उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत, एसपी मनोहर भट्ट, डिएसपी दिपक खड्का लगायत पुगेका थिए।

पक्राउको क्रममा डिएसपी खड्काले अन्तिम इच्छा पूरा गर्न दिने भनेर बताएपछि विवाद भएको थियो। कतै प्रहरीले पक्राउ गरेर ‘इन्कान्टर’ गर्न त खोजेको होइन भनेर रविका सहयोगीले उनीमाथि प्रश्न गरेका थिए । पछि खड्काले पक्राउ पर्नुअघि वकिलसँग सल्लाह गर्ने लगायत अन्तिम तयारीका लागि आफुले त्यसो बताएको भनेका थिए।

यो बिषयलाई लिएर रविका समर्थकले समाजिक सञ्जाल मार्फत सरकार तथा नेपाल प्रहरीको नियतमाथी शंका रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

समाचार वर्गहरू