रसुवाबाट २ किलो सुनसहित कर्मा सोनाम लामा पक्राउ

110

काठमाडौं – रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो अबैध सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रहरीका अनुसार कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा २ किलो सुन बरामद भएको हो ।

सो बारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू