राजावादीलाइ कम्तीमा एक हप्ता काठमाडौंमै राजेन्द्र लिङ्‍देनको आह्‍वान

145
फाइल फोटो

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्तीमा एक हप्ता काठमाडौंमै बसेर आन्दोलन गर्ने तयारीमा रहन पार्टीका कार्यकर्ता तथा राजसंस्था समर्थकलाई आग्रह गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यही जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र कायम नभएसम्म जारी राख्ने घोषणा गरेका छन्।

लिङ्‍देनले भने, ‘बाहिरबाट आउनुभएका साथीहरूलाई भोलि बेलुका फर्किन पहिलाको जस्तो बसको, प्लेनको टिकटको व्यवस्था नगर्नुहोला। कम्तीमा एक हप्ता काठमाडौं बस्नुपर्छ भन्ने सोचका साथ तयारीका साथ यहाँ रहनुहोला। बस्ने क्रममा कुनै प्रकारका असुविधा नहोस् भन्नेमा हामी सचेत छौँ।’

दमन र अवरोध गर्नेगरी सरकार अघि बढेको खण्डमा प्रतिकार जरुरी रहेको लिङ्देनले बताए। ‘हामीले पहिला पहिला गरेका आन्दोलनहरू मूल आन्दोलनको बाटो निर्माणका लागि गरेको आन्दोलन थियो। भोलिको आन्दोलन मूल आन्दोलन हो। भोलि सुरुमात्रै हो । हाम्रो आन्दोलन निरन्तर रुपमा रहन्छ,’ उनले भने।

भोलिको प्रदर्शनका लागि सरकारले राजावादीहरुलाई दिउँसो साढे दुई बजेपछिको समय तोकिदिएको छ। उनीहरुले रत्नपार्कस्थित शान्ति बाटिकामा कार्यक्रम गर्नेछन्।

समाचार वर्गहरू