राष्ट्रपति भण्डारी पाशुपत क्षेत्रमा

9

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शन गर्न पाशुपत क्षेत्र पुगेकी छन् । महाशिवरात्रिको अवसरमा मंगलबार अपरान्ह उनी पशुपतिनाथको दर्शन गर्न पुगेकी हुन् ।

महाशिवरात्रिका लागि दर्शनार्थीहरू मंगलबार बिहानैबाट लामवद्ध भई पशुपतिनाथको दर्शन गरिरहेका छन् । महाशिवरात्रिको अवसरमा मंगलबार पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको छ ।

यसैबिच महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाणले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन्।

पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाण बिहान पशुपतिनाथ गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पूजा आराधनापछि उनले पशुपति क्षेत्रको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिएका थिए।

समाचार वर्गहरू