राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अध्यादेश जारी

10

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‌बाट सिफारिस एक अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका हुन् । 

राष्ट्रपित कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेका हुन् ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संसद्मा हुने प्रि–बजेट छलफलका सुझाव बजेटमा समावेश गर्न मिल्ने गरी अध्यादेशमार्फत नीतिगत व्यवस्था गर्न अध्यादेश सिफारिस गरेको थियो ।

संसद्मा लामो छलफल हुने तर, त्यसका सुझाव बजेटमा समावेश नहुने अहिलेको परम्परा हटाउन सरकारले अध्यादेश सिफारिस गरेको थियो ।

फाइल फोटो
मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू