राष्ट्रियसभा उपनिर्वाचन – थापालाई ‘सूर्य’,देवकोटालाई ‘कलम’ चिन्ह

7

काठमाडौं – बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनका लागि उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिएको छ । बागमती प्रदेशको निर्वाचन कार्यालयले आज बुधबार उम्मेदवारलाई चिन्ह प्रदान गरेको हो ।

आयोगले नेकपा एमालेका उम्मेदवार गृहमन्त्री राम बहादुर थापालाई सूर्य चिन्ह प्रदान गरेको छ । स्वतन्त्र उम्मेदवार रहेका खिमलाल देवकोटालाई आयोगले कलम चिन्ह दिएको छ ।यद्यपि, उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको खनाल-नेपाल समूहले समर्थन गरेका छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्ण बहादुर तामाङले मादल चिन्ह पाएका छन् ।

बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित गृहमन्त्री थापालाई दल छाडेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएसँगै उपनिर्वाचन हुन लागेको हो । थापा आफैँ एमालेबाट उम्मेदवार बनेका छन् ।

आगामी जेठ ६ गते उपनिर्वाचनका लागि मतदान हुनेछ ।

समाचार वर्गहरू