रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु

10
रुसी सेना

काठमाडौँ – रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको छ। उनीहरूको युक्रेनविरुद्धको द्वन्द्वमा ज्यान गएको हो।

‘रुसी सेनामा कार्यरत थप सातजना नेपाली नागरिकहरूले ज्यान गुमाउनुभएको दुःखद समाचार प्राप्त भएको छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ।

यसअघि, परराष्ट्रले रुसी सेनामा भर्ती भएका १३ नेपालीको मृत्यु भएको जनाएको थियो। सातजना थपिएसँगै रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या २० पुगेको छ।

परराष्ट्रका अनुसार, पछिल्लोपटक रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने सात नेपालीमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू