रौतहटको गौर स्थित नेपाल–भारत सीमा नाका बिहिबारबाट खुल्यो

24

रौतहट – रौतहटको गौर स्थित नेपाल–भारत सीमा नाका बिहिबार बाट खुल्ला गरीएको छ । कोरोनाको कारण सरकारले लामो समय ९ महिनादेखि सीमा नाका बन्द गर्दा नेपाल–भारत बीच सदियौदेखि चलिआएको बेटिरोटीको सम्बन्ध, दुबै देशका नागरिकहरु बीच वैवाहिक, सांस्कृतिक, धार्मिक, उपचार, औषधी लगायत अन्यमा धेरै ठूलो असर पर्न गएको हुनाले बिहिबार आज देखि नाका खुल्ला गरीएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए l

आज देखि पैदल यात्री, बैवाहिक र अति आवश्यक वा ईर्मेजेन्सी बिरामीको लागि सवारी समेतको आवतजावत गर्न पाईने उनले बताएका छन ।उनका अनुसार नेपाल भारतको जुन कुनै ठाउँबाट नाकाबाट आउने जाने व्यक्तिहरुको पुरै अभिलेख राखिने छ ।

यस्तै कोरोना भाईरसको कारण देशमा बेरोजगारी धेरै बढदै गएपछी बैदेशिक रोजगारीको सिलसिलामा छिमेकी देश भारत लगायत अन्य विभिन्न देशमा गएकँ नेपाली नागरिकहरुआफनो देशमा फिर्ता आएको पछि राम्रोसँग एक छाक खाना खानाको लागि सोच्नु परिरहेको वातावरण सृजना भएको छ । यस्तै तराई मधेशको महान आस्थाको पर्व दशै, दिपावली र छठ जस्तोमा विभिन्न घरेलु उपभोग सामाग्रीहरु खाद्यान्न, लताकपडामा चर्को महंगाई सामना गर्न बाध्य बनेको जनताको लागि सहज रुपमा सीमा नाका खोल्न नस्किने दुई तिहाईको सरकारको बिरोधमा विगत केही दिन देखि गौर बैरगनिया बोर्ड खुलाउन नागरिक समाजको अगुवाईमा जिल्लाको सबै नागरिक, राजनीतिक दल, कर्मचारी, महिला लगायतको सहभागितामा दवाब मुलक धर्ना कार्यक्रम समेत गरिएको थियो ।

आज जुन हिंसाबले यस्तो बिकट समयमा पैदल यात्री, बिरामी बोकेको गाडी र विवाहको लागि गाडी आवतजावत गर्न दिने निर्णयबाट असन्तुष्ट रहेको धर्नामा बसेको व्यक्तिहरुले बताएका छन । जब सम्म सरकारले पूर्ण रुपमा पहिले जस्तो कुनै बाधा अर्चन सृजना नगरी सहज तरिकाले नेपाल भारत आवतजावत गर्न दिएन भने तब सम्म हामीले छुटै कार्यक्रमको तयारी गरी सरकार माथी दबाव बनाउने कार्य गर्ने उनिहरुले बताएका छन । धर्ना कार्यक्रमलाई आज देखि नागरिक समाजले हटाएको समेत खुलाएको छ ।

स्थानिय प्रशाशनले कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनसंगै सीमानाका बन्द गरेको थियो । तर पछिल्लो समय सरकारले लकडाउन खोलेपनि सीमानाका बन्द यथाबत राखेको छ । रौतहट जिल्लाकोे मुल नाका गौर भन्सार पुर्ण रुपमा बन्द राखेको थियो तर रौतहटबासीहरुको दवाब र नागरिक समाजको धर्नाले आजको दिनमा विभिन्न चोर बाटो भएर आवतजावत गर्ने व्यक्तिहरुको लागि केही सहज भएको गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले बताएका हुन ।

सीमा नाका बन्दको कारण नेपाल–भारत सीमासंग जोडिएका जिल्लाहरुमा जनजीवनमा दैनिकी समस्याहरु थपिदै गइरहेको छ । जिल्ला प्रशासन कार्यालय गौर रौतहटले जनताको मर्मपीडालाई आफनो झै सम्झेर नेपालको तर्फबाट सिमाना खोले पनि भारतको तर्फबाट हाल सम्म उच्च अधिकारीहरुबाट कुनै किसिमको जानकारी नआएको हुनाले भारतीय प्रहरीहरु मुख्य नाकाद्रारा आवतजावत गर्न अहिले दिएको छैन ।

समाचार वर्गहरू