रौतहटमा मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार

6

काठमाडौं – रौटहटको परोहा नगरपालिका–९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शुक्रबार अपराह्न १ बजेतिर आइएमई सञ्चालक २४ वर्षीय नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।   

घटना संलग्न भारत विहार पूर्वी चम्पारण मोतिहारी दीपही–२ बस्ने १८ वर्षीय किशोरसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट मनि ट्रान्सफर सञ्चालक साह घाइते भएका छन् ।  प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपश्चात उनलाई वीरगन्ज रिफर गरिएको छ ।  

प्रहरीले उनीहरुका साथबाट एक नाल कटुवा पेस्तोल र बिआर ०६ सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ । 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू