काठमाडौं – लागूऔषध सहित प्रहरीले कास्की, मोरङ, सर्लाही, सिन्धुली र कपिलवस्तुबाट ६ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३ बाट कास्की प्रहरीले नियन्त्रित लागूऔषधसहित ३४ वर्षीय बालकृष्ण गिरीलाई पक्राउ गरेको छ ।
मोरङको केराबारी गाउँपालिका–६ बाट २ सय २० ग्राम अवैध गाँजासहित २३ वर्षीय रितेश लिम्बु पक्राउ परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–६ बाट ३६ किलो २६ ग्राम गाँजासहित प्रहरीले सिन्धुलीका ३५ वर्षीय शक्ति लामा र रौतहटका ४२ वर्षीय प्रेम यादवलाई पक्राउ गरेको छ ।
यस्तै सर्लाहीकै ईश्वरपुर नगरपालिका–१२ बाट १० किलो ५ सय ग्रामगाँजासहित महोत्तरीका २० वर्षीय रुपेश राय पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगंजबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले शिवराज नगरपालिका–१ का १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।