लिदीका पहिरो पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न माग

26

सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जुगल गाउँपालिका-२, गोल्चे लिदीमा पहिरोमा पुरिएर ज्यान गुमाएहरुप्रति गहिरो दुख व्यक्त गरेका छन् ।

शुक्रबार बिहान जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा पहिरोमा १३ घर पुरिँदा ३8 जना बेपत्ता भएको थियो । पहिरोमा परी ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्दै यो खबरले आफूलाई दुखी तुल्याएको बताएका छन् । उनले पहिरोबाट विस्थापितको लागि तत्काल राहतको व्यवस्था गर्न, उनीहरुको उचित व्यवस्थापन गर्न र घाइतेको उपचारमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

नेता बस्नेतलाई पितृ शोक परेका कारण अहिले किरिया बसिरहेका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर ट्रान्सप्लान्ट सेनटरमा उपचारको क्रममा साउन २२ गते उनका बुबा खड्गबहादुर बस्नेतको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार :

* सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पहिरोले १३ घर पुरियो

* सिन्धुपाल्चोकको लिदिमा पहिरोको कहर (फोटोफिचर)

* सिन्धुपाल्चोकको पहिरोमा पुरिएका ११ जनाको शव भेटियो

* पहिरो पिडितको उचित व्यबस्थापन गर्न कांग्रेसको माग

 

समाचार वर्गहरू