लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरीको दावी

12

काठमाडौं – लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । चौधरीले प्रदेश प्रमुख शेरचनलाई ५३ जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका छन् ।

लुम्बिनी प्रदेशभमा माओवादी केन्द्रसहित चार दलले समर्थन फिर्ता लिएपछि चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा परेका छन् । उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । लुम्बिनी प्रदेशमा ८७ सांसद छन् । बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्छ ।

लुम्बिनीमा कांग्रेसको २७,नेकपा एमालेको २९,नेकपा माओवादी केन्द्रको १०,राप्रपाको ४,नेकपा एकीकृत समाजवादीको १,जनतमत पार्टीको ३ र नागरिक उन्मुक्तिको ४ सांसद छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू