लुम्बिनी प्रादेशिक अस्पतालमा एक संक्रमितको मृत्यु

27

रुपन्देही – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका–५ की ६४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

फिभर क्लिनिकमा राखेर उपचार भईरहेको उनको दिउँसो साढे दुई बजे मृत्यु भएको हो । अस्पताल ल्याउँदा नै स्वास्थ्य अवस्था गम्भीर रहेकोमा पीसीआर परीक्षणको रिपोर्ट र उपचारको व्यवस्थापन गर्दा गर्दै बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

समाचार वर्गहरू