लेखा समिति सभापतिकी श्रीमती धरौटीमा रिहा

32

काठमाडौं – सहकारी संस्थाको रकम अपचलन तथा मुद्दामा आरोपित सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला १० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएकी छन् ।

मोरङको धनपालथानस्थित उमागौरी सहकारीको २२ करोड ४८ लाख २७ हजार ७०० रूपैयाँ रकम अपचलन तथा ठगी आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले गत मंसिर २७ गते मुद्दा दायर भएपछी उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

बुधबार जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा बयानपछि थुनछेक बहस भएको थियो । इजलासले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । कोइरालाले धरौटी बुझाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

अदालतमा बयान दिँदै अञ्जलाले कुनै दायित्व आफूसँग नरहनेगरी सहकारीको सञ्चालक समितिबाट राजीनामा दिएको र सञ्चालक समितिको कुनै पनि माइन्युटमा हस्ताक्षर नगरेको दाबी गरेको आदेशमा उल्लेख छ । राजीनामा नदिई दायित्व नरहनेगरी प्रतिवादी अञ्जलाले राजीनामा दिएकोले थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने नदेखिएको आदेशमा उल्लेख छ ।

समाचार वर्गहरू