लोकसेवाले माग्यो ५३७ खरिदार, कुन ठाउँबाट कति ? (विज्ञापनसहित)

21

काठमाडौं – लोकसेवा आयोगले  ५ सय ३७ जना खरिदारका लागि आवेदन माग गरेको छ।

आयोगले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा आवेदन आह्वान गरेको हो।

आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

यही चैत २० सम्म दरखास्त दिन सकिने छ। त्यस्तै चैत २७ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ।  जसअन्तर्गत सामान्य ज्ञान तथा आधारभूत सिप परीक्षण आगामी वैशाख २९ मा बिहान ११ बजे हुनेछ।

त्यस्तै प्रथम चरणको परीक्षामा उत्तीर्ण भएकाहरूका लागि दोस्रो र तेस्रो पत्रको परीक्षा आगामी असार १४ र १५ मा हुने सुचनामा उल्लेख छ। ​

हेर्नुहोस् कहाँबाट कति माग 

धनकुटा-३८
इलाम – ३१
खोटाङ- २६
जलेश्वर -७१
काठमाडौं- ११८
हेटौंडा -१६
पोखरा -४५
बागलुङ- २०
बुटवल -३५
दाङ -२७
सुर्खेत- ३१
जुम्ला -१८
दिपायल- ३४
महेन्द्रनगर- २७

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू