विदेशमा रहेका कामदारको उद्धारको खाका बनाउन समितिको निर्देशन

30

काठमाडौँ – कोरोना भाइरसको महामारीका कारण विलेशमा अलपत्र परेका नेपालीको उद्धार गर्ने खाका तयार पार्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बिहीबार बसेको भर्चुअल बैठकले कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन चाहनेलाई उद्धार गर्नका लागि सम्बन्धित देशका दूतावाससँग समन्वय गरेर खाका तयार पार्न सरकारलाई निर्देशन दिएको हो ।

वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या समाधानका लागि संयन्त्र बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नगारिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र, श्रम, रोगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सम्बन्धित दूतावास एवं वैदेशिक रोजगार बोर्डको ध्यानाकर्षण गराइएको समिति सभापति निरुदेवी पालले जानकारी दिइन् ।

वैदेशिक रोजगारीबाट उद्धार गरिएका श्रमिकलाई सामाजिक पुनर्स्थापनामा समस्या आउन नदिने गरी व्यवस्थिपन गर्न, गराउन उद्दार गरिएका महिलाहरू गर्भवती भएको अवस्था समेत देखिएकोले मर्यादित र सुरक्षित व्यवस्थापन गर्नका लागि शीघ्र कार्यनीति बनाइ कार्य सम्पादन गर्न गराउन समितिले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

समाचार वर्गहरू