विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

22

सुनसरी – विभिन्न मुद्दामा जिल्ला अदालत सुनसरीको फैसलाले कैद तथा जरिवाना ठहर भई फरार ३ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१९ ठेगाना भएका ३३ वर्षीय रुपक थापा, ईटहरी उपमहानगरपालिका-२ ठेगाना भएका ३२ वर्षीय संजय कुमार साह र ईटहरी उपमहानगरपालिका-१९ ठेगाना भएका निर्मल लिम्बु रहेका छन् ।

थापामाथि बैदेशिक रोजगार कसुर मुद्दामा १ वर्ष ६ महिना कैद तथा १ लाख ५० हजार रुपैयाँ जरिवाना, साहमाथि बैंकिङ कसुर मुद्दामा १६ हजार ५ सय रुपैयाँ जरिवाना सजाय भई फरार रहेका साह र लिम्बुमाथि लागूऔषध मुद्दामा १० हजार रुपैयाँ जरिवाना सजाय भई फरार रहेका थिए ।

लिम्बुलाई बिहीबार ईटहरी उपमहानगरपालिका-१९ बाट तथा साह र थापालाई बुधबार ईटहरी उपमहानगरपालिका-२ बाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत सुनसरीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

समाचार वर्गहरू