विराटनगर ड्युटिमा कार्यरत स्वास्थ्यकर्मी माथि कुटपिट

10

काठमाडौं – विराटनगरको  विराट शिक्षण अस्पतालमा ड्युटिमा कार्यरत स्वास्थ्यकर्मी माथि कुटपिट भएको छ ।

जिल्लाकाे विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो ।आक्रमणबाट डा.रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

अस्पतालमा रहेका बिरामीका आफन्तले उपचारमा ढिलाइ गरेको भन्दै स्वस्थ्यकर्मीमाथी कुटपिट गरेको प्रहरीले बताएको छ । घटनामा सम्लग्न रहेको आरोपमा प्रहरीले बूढीगङ्गा-२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुले मधुमेहको पुरानो समस्याबाट पीडित वृद्धालाई स्वास्थ्य थप बिग्रिएको भन्दै अस्पताल ल्याएका थिए ।

आक्रमणमा संलग्न समूहले अस्पतालक्षेत्रमा जवर्जस्ति प्रवेश गर्दै सुरक्षा गार्डसँग पनि विवाद गरेको प्रहरीको भनाइ छ ।

समाचार वर्गहरू