विरोधपछि क्षमा याचना गरे अष्ट्रेलियाका प्रधानमन्त्रीले

24

एजेन्सी – अट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा आगलागीको घटना भइरहेको बेला आफू पारिवारिक भ्रमणमा रहेकोमा क्षमा याचना गरेका छन् । शुक्रबार एक वक्तव्य जारी गदैृ मोरिसनले क्षमा याचना गरेका हुन् । देशमा संकटमा परेको समयमा पारिवारिक भ्रमणमा रहेको भन्दै चर्को आलोचना भएपछि उनले माफी मागेका हुन् ।

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । सिड्नीस्थित प्रधानमन्त्री निवासअगाडी प्रदर्शनकारीहरुले बिहीबार प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरेका थिए । त्यसलगत्तै भ्रमण रद्द गरेर मोरिसन स्वदेश फर्किन लागेका हुन् ।

अष्ट्रेलियामा प्रधानमन्त्रीले जनवरीमा बिदा लिने चलन रहे पनि उनले पूर्वनिर्धारित कार्यक्रमका कारण यस पटक डिसेम्बरमा नै बिदा लिएका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू