वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

22

काठमाडौं – वैदेशिक रोजगार ठगी मुद्दाका एक जना फरार अभियुक्तलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त काठमाडौं आरुवबारी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ घर भएका २८ वर्षीय भिम बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ भदौ ११ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भइ उनी फरार थिए ।

उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्ध स्तुपामा फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।

साथै सोही मुद्दामा संलग्न रही फरार अभियुक्त तुल बहादुर तामाङलाई काठमाडौं महानगरपालिका-२८ डिल्लीबजारबाट शुक्रबार पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत बबरमहल काठमाडौं पठाइसकेको महाशाखाले जनाएको छ ।

समाचार वर्गहरू