वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

68

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । बैठक पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बसेको प्रबक्ता मनिष झाले बताए ।

(रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। प्रवक्ता मनिष झाका अनुसार बैठक भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरि बोलाइएको हो ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनाअनुसार सोमबार बस्ने गरी रास्वपाले केन्द्रीय समिति बैठक बोलाइको उनले बताए। जसको कार्यसूची आज दिउँसो बस्ने सचिवालय बैठकले तय गर्नेछ।

पार्टी केन्द्रीय कार्यालय चःमतिमा सचिवालय बैठकमा केन्द्रीय समिति बैठकसहित ६ विषयमा छलफल गर्ने गरि कार्यसूची तय गरिएको छ।

समाचार वर्गहरू