शनिबार थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि

75

काठमाडौं – नेपालमा शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार एक हजार ४४६ पुरुष र ७ सय ७९ जना महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप १ हजार ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ महिला र ६८१ पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ ।

त्यस्तै, २४ घण्टामा २ हजार ८४६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख ८ हजार ३३४ पुगेको छ ।

हालसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ नमुना परीक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा जम्मा १३ हजार ८४६ पीसीआर परीक्षण भएका छन् ।

समाचार वर्गहरू