शनिबार रातो मत्स्येन्द्रनाथको रथारोहण

21

ललितपुर – अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको शनिबार पुल्चोकमा रथारोहण गरिएको छ ।

कोरोना भाइरसको महामारीका कारण पटक–पटक स्थगन हुँदै आएकाले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो ।

मत्स्येन्द्रनाथका ज्योतिषि, पानेजु (पुजारी), गुठीयार, ज्यापु समाज, गुठी संस्थान, ललितपुर महानगरपालिका लगायत सरोकारवाला निकाय बसेर शुक्रबार यस्तो निर्णय गरेको हो ।

ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनका अनुसार रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको महर्जनले बताए ।

परम्परा अनुसार रथारोहण गरेको चार दिनभित्र रथयात्रा सुरु गर्नुपर्छ । रथारोहण यसअघि असार २४ गते गर्ने तय भएको थियो । तर, लकडाउनका कारण स्थगित भयो । तिथि अनुसार रथारोहण बैशाख १२ गते गर्नुपर्दथ्र्यो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद

भट्टले सरकारले तय गरेको मापदण्डमा रहेर रथारोहण गर्न सकिने बताए । मत्स्येन्द्रनाथका पुजारी कपिलदेव बज्राचार्यले रथारोहण गर्न सम्पूर्ण तयार पुरा भइसकेको बताए । गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुख राजन भुजुले गुरुजु पल्टनलाई पनि जानकारी गराइसकेको बताए ।

समाचार वर्गहरू