काठमाडौं – संघीय लोकतान्त्रिक मोर्चाले असाेज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ ।
संघीय लोकतान्त्रिक मोर्चाका केन्द्रिय सचिवलाय संयोजक डा. शिवजी यादवले एक विज्ञप्ति जारी गर्दै सो नयाँ संविधान २०७२ जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने निर्णय भएको जनाएको हो । मोर्चाले सामूहिक रुपमै कालोपट्टी बाँधी संविधानको विरोध गरी प्रदर्शन गर्नेसमेत निर्णय गरेका छ ।
२०७२ असोज ३ गते संविधान जारी भएको दिन मधेशका सपुतको छातीमा गोली ठोकी जबर्जस्ति एकतर्फी रुपमा संविधान लाद्ने काम भएको र आन्दोलनको मर्म र भावना विपरीत अपूर्ण र अधुरो संविधान जारी गरिएको मोर्चाको ठहर छ ।
असाेज ३ लाई सरकारले संविधान दिवसको रुपमा धुमधामका साथ मनाउने गरेको छ भने सो दिन देशैभरि सार्वजनिक बिदासमेत दिइने गरेको छ ।