सत्तारुढ गठबन्धन तोड्ने अनेक षड्यन्त्र भइरहेको छ – माधव नेपाल

6

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्ने अनेक षड्यन्त्र भइरहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा उनले एमालेप्रति लक्षित गर्दै कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीहरूसँग हातेमालो गरिरहेकोले सचेत हुनुपर्ने बताएका हुन्।

अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउन सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे।

प्रतिगामीहरूसँगको हातेमालो बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धन कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्नेमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। ‘घुमिफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ,’ उनले भने ।

अध्यक्ष नेपालले व्यक्तिवाद हाबी भएकै कारण तत्कालीन नेकपासमेत विभाजित हुन पुगेको भन्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू