सन्दीपलाई विदेश जान सर्वाेच्चकाे अनुमति

11

काठमाडौं – सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जानकालागी अनुमति दिएको छ।

आइतबार उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीपले विदेश जान पाउनुपर्ने माग राखेर दिएको निवेदनमाथि न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उच्च अदालतको आदेशलाई सदर गरेको हो।

उच्च अदालतले नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो।

उच्च अदालतले सन्दीपलाई विदेश जान भने अनुमति दिने आदेश गरेको थिएन। सर्वोच्चले सन्दीपले अब विदेशमा हुने प्रतियोगिता खेल्न गए पनि उक्त प्रतियोगिता सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुन पनि भनेको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू