काठमाडाैं – आन्तरिक सरकारका प्रधानमन्त्री सुशीला कार्कीको शपथमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नाराय दाहाल अनुपस्थित भएका छन् ।
शपथमा पूर्वप्रधानमन्त्रीहरू पनि देखिएनन् । विभिन्न देशका राजदूत साथै कूटनीतिक नियोगका अधिकारी भने सहभागी थिए ।
शपथ समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उनका कुनै प्रतिनिधि देखिएनन्। जेएनजी उमेर समूहका अन्य प्रतिनिधिहरू समेत शपथ समारोहमा सहभागी देखिए पनि मेयर बालेन भने देखिएनन्।
शीतल निवासको भित्री कोठामा सामान्य रूपमा आयोजित शपथ समारोहमा हामी नेपाली नामक एनजिओका प्रमुख सुदन गुरुङसहितका प्रतिनिधिहरू भने संस्थाको ज्याकेटसहित उपस्थित भएका थिए।
शपथ समारोहमा पहिलो पटक ड्रेस कोड देखिएन। उनीहरू अनौपचारिक पोसाकमै गएर कार्कीलाई बधाई दिँदै खुसी साटिरहेका थिए।