सरकारको दोस्रो वरीयतामा गृहमन्त्री खाँण

9

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिदैं आफूपछिको बरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् ।

देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरे । तर, देउवाले आफूपछि दोस्रो वरीयतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । खाँण देउवाका विश्वास पात्र हुन् । देउवालाई मन्त्रिपरिषद्मा खाँणलाई आफ्नो उत्तराधिकारीका रुपमा अघि सारेका हुन् ।

सरकारका उपप्रधानमन्त्री नभएकाले अब प्रधानमन्त्री देउवा विदेश जाँदा वा कुनै कारणले काम गर्न असमर्थ भएर जिम्मेवारी दिनुपर्दा गृहमन्त्री खाँणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने छन् ।

समाचार वर्गहरू