सरकारको पहिलो प्राथमिकता सुशासन,समृद्धि- मुख्यमन्त्री सोनल

51

महेन्द्रनगर – मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार (सोनल) ले ‘जेनजी’ आन्दोलनले उठाएको सुशासन, समृद्धि र जनतालाई सरल सेवा प्रवाहको माग सम्बोधन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

पद तथा गोपनीयताको शपथ ग्रहणपछि आज सञ्चारकमीसँग जनकपुरधाममा आज कुरा गर्दै उनले सङ्घीयतालाई बलियो बनाउनका लागि नै गठबन्धन सरकार बनेको उल्लेख गरे ।

विगतका सरकारले गरेका राम्रा कामको निरन्तरता तथा नयाँ कामको थालनी गरिने मुख्यमन्त्री सोनारले प्रतिबद्धता व्यक्त गरे ।

उनले बाँकी सहयात्री दलहरूको तर्फबाट चाँडै अन्य मन्त्री नियुक्ति हुने बताए । रासस

समाचार वर्गहरू