सरकारले अपमान गरेर घाइते बनाएको भन्दै, महाबिर पुनले गरे आन्दोलनको घोषणा

7

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं अनुसन्धानकर्ता महाविर पुनले अनुसन्धान, नबप्रवर्तन र आविष्कारको लागी बृहत जन आन्दोलन गर्ने घोषणा गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उनले काठमाडौँ उपत्यकाबाट बृहत आन्दोलन सुरु गर्ने र त्यसको नेतृत्व आफुले गर्ने घोषणा गरेका हुन् ।

‘अनुसन्धान र नबप्रबर्तन प्रति गण्डकी प्रदेश सरकारले मलाई र यात्री मोटर साइकल टिमलाई संघीय सरकारले गरेको अपमानजनक ब्याबहारले मलाई शिकारीले घाइते पारेको बाघ जस्तै बनाएको छ । मर्नु नै परे पछि खुट्टा तानेर नै मर्ने नि । पहिला आन्दोलन गरौँ र बार्ता पछि गरौंला,’उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्रीलाई सरकार बाट अनुमति दिलाउन आन्दोलन गर्न लागेको उनले जानकारी दिएका छन् ।

‘लु अब युबाहरु उठौं र आन्दोलनको तयारी गरौँ । आन्दोलन ब्यबस्थापनमा काम गर्न चाहनेहरुको फेसबुक, भाइबर, व्हाटसप, ट्वीतर, इन्स्ताग्राम एकाउन्ट बनाएर अगाडी बढ्नु पर्छ,’उनले युवाहरुलाई आह्वान गरेका छन् ।

पुनले यो आन्दोलन राजनीतिक आन्दोलन नभएपनि राजनैतिक पार्टीहरुले भाग लिन सक्ने बताएका छन् । उनले युवाहरुको आन्दोलन दरो हुने भन्दै सरकारलाई चेतावनी दिएका छन् । आन्दोलनको मिति भने छलफल पछि केहि दिनमा तोकिने जनाइएको छ ।

आविष्कार केन्द्रमा बनेको विद्युतिय साइकल ‘यात्री’-

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू