सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

33

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातका कारण गएराति निधन भएको छ ।

हृदयघात भएपछि ७१ वर्षीय वस्तीलाई उपचारका लागि शुक्रबार राति थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो। तर उनको राति नै निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए ।

लामो समय सरकारी वकिल भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेका वस्ती २०६५ भदौ २२ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । पछि पदावधि नथपिएपछि उनी २०७० चैत्र २९ गते अस्थायी न्यायाधीशकारुपमै सर्वोच्च अदालतबाट अवकाश भएका थिए ।

सर्वोच्चका प्रवक्ता कुइकेलका अनुसार वस्तीका छोरा अमेरिकामा भएका कारण उनी आएपछि आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम तय भएको छ ।

समाचार वर्गहरू