सर्वोच्चको फैसलामा पुनरावलोकन गर्ने देउवा पक्षको निर्णय

86

काठमाडौं : शेरबहादुर देउवा पक्षले गगन थापालाई नेपाली कांग्रेसको अधिकारिकता दिने सर्वोच्च अदालतको फैसलामा पुनरावलोकन गर्ने निर्णय गरेको छ।

आइतबार बसेको देउवा पक्षको बैठकले सर्वोच्चको फैसलामा पुनरावलोकन गर्ने निर्णय गरेको हो।

कांग्रेस नेता मीन विश्वकर्माले अदालतको फैसला स्वीकार गरे पनि कतिपय विषयहरू स्वीकार्न नसक्ने खालका भएकाले पुनरावलोकनमा जाने तयारी भएको बताए।

कांग्रेस इतिहासकै कमजोर अवस्थामा रहेकाले बृहत् एकता आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘त्यो एकताको पहल आयोगबाट र अदालतबाट म्यान्डेट प्राप्त गरेको केन्द्रीय कार्यसमितिका सभापति गगन थापा र उहाँको कार्यसमितिले पहल गर्नुपर्छ। यो पहल गर्न उहाँले ढिलाइ गर्नुभयो भने यसबाट पार्टीमा गम्भीर क्षति पुग्न सक्छ।’

समाचार वर्गहरू