काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिबन्ध लगाउने सरकारको कुनैपनि प्रयास सफल हुन नदिने बताएका छन् ।
आइतबार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै सांसद महरले विद्यार्थी आन्दोलन लोकतन्त्रको पहरेदार भएको बताए ।
सरकारले ल्याएको शासकीय सुधारको बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन खारेजीको आशय लुकेको भन्दै त्यसको भोलिपल्टै देश ठप्प पार्नुपर्नेमा विद्यार्थी नेतृत्व अझै किन मौन ? रहेको भनी उनले प्रश्न समेत गरे ।
‘यो सरकार अलोकतान्त्रिक, अराष्ट्रिय र आयातित छ । यसलाई नेपालको राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया छैन,’ उनले भने, ‘तपाईंहरू सडक तताउनुस्, हामी सबै मोर्चाबाट साथ दिन्छौँ । आवश्यक पर्यो भने यो सांसदको लोगो फुकालेर तपाईंहरूसँगै सडकमा आउन म तयार छु ।’