सामाजिक सञ्जाल नियमण गर्ने निर्देशिका ल्याईने

21

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमण गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित दोलखाली पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको तर अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने स्पष्ट पारे ।

“सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याएने तयारी मात्र गरेको हो, नेपाल पत्रकार महासंघ लगायत सरोकारवाला पक्षसँग छलफल गरेर मात्र अन्तिम रुप दिने हो,”उनले भने, “प्रचतिल कानून अनुसार नेपालमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउने व्यवस्था होस भन्ने उद्देश्य हो ।”

पत्रकारिता पेशालाई गरिमामय, सम्मानित, मर्यादित र जिम्मेवार बनाउन आफूू क्रियाशील भएको उनको भनाई छ । उनले भने, “प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई अंकुश लगाउने गरी त्यस्तै कुनै निर्देशिका बनाउन लागिएको होइन ।”

मन्त्री गुरुङले फेसबुक, ट्विटर, युट्युब, भाइबर, इमो, ह्वाट्सएप, इन्स्टाग्राम, म्यासेन्जर, वी च्याट, टीकटक लगायत सामाजिक सञ्जाल नेपालभित्र अनिवार्य रूपमा दर्ता गर्ने व्यवस्था भएमा हिंसा, अपराध जस्ता अप्रिय घटनामा कमी आउने उद्देश्यले मात्र नियमण गर्ने निर्देशकाको विषयमा छलफल भइरहेको स्पष्ट पारे ।

मुलुकलाई सूचना प्रविधिको हिसाबले स्माट सिटी बनाउने उद्देश्यका साथ बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अुनसार शनिबार दोलखाबाट सो अभियान सुरु गर्ने नीतिगत निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

समाचार वर्गहरू