सिन्धुपाल्चोकको मेलम्चीमा भ्रमण वर्ष लक्षित महोत्सव हुने

28

मध्यविन्दु /काठमाडौँ– भ्रमण वर्ष २०२० लाई सफल बनाउन तथा मेलम्ची नगरपालिकालाई चिनाउने उद्देश्यसहित मेलम्ची महोत्सवको आयोजना गरिने भएको छ ।

महोत्सव आयोजनाका लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष जगन्नाथ चालिसेको संयोजकत्वमा १३ सदस्यीय महोत्सव आयोजक समिति गठन गरिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

आगामी चैत १५ गतेपछि आयोजना गरिने मेलम्ची महोत्सवमा विविध सांस्कृतिक झाँकी, लोकदोहोरी प्रतियोगिता, स्थानीय परिकारका खाद्य स्टल तथा कृषि उपज प्रदर्शनी रहने आयोजक समितिले जनाएको छ । सोहि महोत्सवले मेलम्चीमा पर्यटक भित्राउन सहयोग पुग्नेमा अयोजक विश्वस्त छ ।

समाचार वर्गहरू