सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीद्वारा दुई जना पक्राउ

90

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर्जुन कुँवर छन् ।

उनीहरूलाई गएराति पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । सरकारले आजदेखि थापाथली, गैह्रीगाउँ र मनहरा फाँटको सुकुमबासी बस्तीको घर, टहरा हटाउँदै छ ।

पक्राउ परेका राज कुमार लामा बालाजुमा बस्छन् । अर्जुन कुँवर पवर्त फलेबास–११ घर भएर काठमाडौँ महानगरपालिका–११ मा बस्दै आएका छन् ।

यसअघि प्रहरीले संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कामी, दिनेश सुनार र सुकुमबासी मोर्चाका कार्यबाहक अध्यक्ष नारायण परिश्रमी भन्ने नारायण परियारलाई पक्राउ गरेको थियो ।

बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशङ्कामा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । यसैक्रममा सरकारले आज (शनिबार) ३ ठाउँको सुकुम्बासी हटाउनकालाथि बिहानदेखि बस्तीमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

स्थानीयको अवरोध हुन सक्ने अनुमान गर्दै सरकारले ठूलो मात्रामा बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेको बताएको छ । यहाँ १ सय ४५ घरधुरी छन् २०६४ सालदेखि उनीहरु बस्तीमा टहरो बनाएर बसिरहेका थिए ।

समाचार वर्गहरू