सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

4

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्।

मुख्यमन्त्री शाहले बिहिबार प्रदेश सभाबाट विश्वासको मत पाउने अवस्था नभएपछि प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका हुन्। 

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो। पछि, मुख्यमन्त्रीको आग्रहमा सभामुखले बैठक बेलुकी पाँच बजेका लागि सारेका थिए। 

सत्तासाझेदार नागरिक उन्मुक्तिका सबै सांसदले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीले राजीनामाको विकल्प रोजेका हुन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू