काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ ।
सुनको मूल्य घटेर तोलाको ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुुसार सोमबार सुनको भाउ प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
सोमबारको तुलनामा मंगलबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार २ सय १० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार एक हजार १ सय ८० रुपैयाँमा झरेको छ ।
यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ भन्दा बढीले घटेको थियो । कात्तिक २४ गते प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको सुनको भाउ कात्तिक भने ९४ हजार ८ सय रुपैयाँमा झरेको थियो ।
नेपालमा यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।