मध्यबिन्दु/काठमाडौं – आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर फेरि उच्च बिन्दुमा पुगेको छ । आज आइतबार छापावाला सुन तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य यसअघि गएको पुस २३ गते आजकै झैं अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय नै पुगेको थियो ।
यस्तै आज तेजावी सुन प्रतितोला ७६ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको मूल्य समेत तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले सुनको मूल्य बढेको महासंघले जनाएको छ ।