सेनाले नियन्त्रणमा लियो संसद् भवन वरिपरिको सडक

88

काठमाडौं – काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन परिसर नेपाली सेनाले नियन्त्रणमा लिएको छ।

संसद् भवन परिसरको सम्पूर्ण सडक क्षेत्र आफ्नो नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ ।

आज दिउँसो जेन-जी प्रदर्शन भड्किएपछि संसद भवनसमेत प्रवेश गरेका थिए। तर अहिले अपराह्नमा सेनाले संसद भवन वरिपरिका सडकलाई सेनाले नियन्त्रणमा लिएको हो।

प्रदर्शनकारी अझै तितरवितर नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले बताएका छन् ।

समाचार वर्गहरू