सोविता गौतमको गृहेन्द्रसँग सुटुक्क बिहे, बिहेपछी जोडी नै जापानमा

3

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेकी हुन् ।

स्रोतका अनुसार माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा थिए । चितवन घर भएका गृहेन्द्र विगतमा माओवादीमा आवद्ध थिए । हाल उनी व्यवसायमा छन् । घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरु प्रणयसुत्रमा बाँधिएको बुझिएको छ ।

सोविता र गृहेन्द्रबीच ४ वर्षदेखि प्रेम सुरु भएको थियो । काठमाडौंमै एउटा कार्यक्रममा भेट भएका उनीहरु एक-अर्काप्रति आकर्षित भएका थिए । गृहेन्द्रको पृष्ठभूमि माओवादी पार्टी निकट हो । तर, पछिल्लो समय उनी आफ्नो व्यवसायमा नै केन्द्रीत छन् । हाल उनी गृष्मा ब्रोडकास्टिङको चेयरपर्सन रहेका छन् ।

विवाहपश्चात दुवैजना जापान लागेका छन् । सोविताले आफू केही दिनका लागि जापान जान लागेको पार्टीलाई जानकारी गराएकी थिइन् । व्यक्तिगत प्रयोजनले जान लागेको भनेर सन्देश पठाएको पार्टी स्रोतले बतायो । उनले विवाह गरेको विषयमा भने जानकारी दिएकी छैनन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू