स्काउटका प्रमुख आयुक्तले अपरिचित व्यक्ति ल्याएर कार्यालय कब्जा गरे – निर्देशक भट्टराई

22

काठमाडौं – नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्र राज रंजीतले अवैध र गैरकानूनी तरिकाले आफ्नो कार्यालयको प्रमुखको जिम्मेवारी दिएको निर्देशक रामप्रसाद भट्टराईले आरोप लगाएका छन् ।

उनले विज्ञप्ति जारी गदै रंजीतले अपरिचित व्यक्तिलाई ल्याएर कार्यालय प्रमुखको कार्यकक्ष र कार्यालय कब्जा गराएका कारण स्काउटको सम्पत्ति र कार्यालयमा कार्यरत कर्मचारीहरुको सुरक्षामा संकट परेको भन्दै ध्यानाकर्षण भएको बताएका छन् ।

नेपाल स्काउट कार्यालय लैनचौरमा आज करिब १२ बजे प्रमुख आयुक्त रञ्जितले गैह्रकानूनी रुपमा अबैध व्यक्तिलाई कार्यालय प्रमुखको कुर्सीमा राखेका भट्टराईले उल्लेख गरेका छन् ।

भट्टराईले घटनाप्रति खेद व्यक्त गर्दै प्रमुख आयुक्त रंजीतको अवैध र अनुशासनहीन क्रियाकलापलाई कानूनी र वैध मान्न सकिने अवस्था नरहेको बताए । प्रमुख आयुक्तले कुनै प्रकारको छलफल वा निर्णय बिना बाहरी व्यक्तिलाई कार्यालय कब्जा गराउन दिएको आरोप भट्टराइको छ ।

कार्यालय प्रमुख भट्टराईले उक्त गैह्रकानुनी कार्यको विरुद्धमा एकताबद्ध भई, नेपाल स्काउटको भौतिक सम्पत्तीको रक्षा र आफू लगायत कर्मचारी तथा नेपाल स्काउटका सदस्यहरुको सुरक्षा प्रत्याभूत गराउँदै भयरहित अवस्थामा स्काउटींग गर्ने वातावरण सृजना गर्न सहयोग गरिदिन अपिल गरेका छन् ।

समाचार वर्गहरू