हिमालयन रि–इन्स्योरेन्सलाइ पुनर्बीमा गर्न प्राधिकरणको रोक

67

काठमाडौँ । बीमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्सलाई पुनर्बीमा गर्न रोक लगाएको छ । प्राधिकरणले बिहिबार एक सार्वजनिक सूचना नै प्रकाशित गरेर यस कम्पनीलाई थप व्यवसाय नगर्न भनेको हो ।

बीमा प्राधिकरणले प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (४) बमोजिम प्रकाशित सूचना सूचना प्रकाशन मिति २०८३–०१–३१ बीमक हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई पुनर्बीमा दावी भुक्तानी गर्ने कार्य र यस अघि भए गरेका पुनर्बीमा व्यवसायको लागि रेट्रोसेसन गर्ने कार्य बाहेक आर्थिक वर्ष २०८२–८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम रोक लगाईएको व्यहोरा प्राधिकरणको मिति २०८३–०१–२९ को निर्णयानुसार सम्बन्धित सरोकारवालामा सूचित गरिन्छ ।’

सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान अहिले कम्पनीका शेयरधनीहरुमाथि गरिरहेको छ । कम्पनीका शेयरधनी दीपक भट्ट, शाहिल अग्रवाल, शेखर गोल्छालगायत वित्तीय अपराधमा मुछिएका छन् ।

समाचार वर्गहरू