काठमाडाैं – हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ७९ हजार ३९२ कित्ता संस्थापक शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेगरी बिक्रीमा ल्याएको हो ।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । तोकिएको समयमा संस्थापक शेयरधनीले उक्त शेयर नकिनेमा अन्य व्यक्ति या संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
साविक युनियन, गराँस र प्राइमलाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स गतबर्ष नेपालका विमा कम्पनी मध्ये सर्वाधिक नाफा कमाउने कम्पनी हो ।