हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ८.५ प्रतिशतको वृद्धि

76

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसारसमीक्षा अवधिसम्ममा कम्पनीको सेयर पुँजी ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ७३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। महाविपत्ति कोष पनि ४७ करोड रुपैयाँ नाघेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो ४३ करोड ४८ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ९ करोड ९० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा केही घटेको देखिए पनि हालको आर्थिक सन्तुलन सन्तोषजनक मानिएको छ।

समीक्षा अवधिमा कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा नाफा ४३ करोड ५४ लाख रुपैयाँ रहेको थियो। यसअनुसार नाफा ८.४९ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले तेस्रो त्रैमाससम्ममा १२ अर्ब ४९ करोड रुपैयाँको कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा यो १.३३ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, खुद बीमाशुल्क संकलन १२ अर्ब १८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १२ अर्ब २ करोड रुपैयाँभन्दा केही माथि हो।

अभिकर्ता कमिशन खर्चमा भने कमी आएको छ। यस त्रैमासमा ९८ करोड ६४ लाख रुपैयाँ खर्चिएको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो । गत बर्ष यो समयमा ९९ करोड ८१ लाख रुपैयाँ वितरण गरिएको थियो।

समाचार वर्गहरू