होटेलवाला लखेटेर रक्सि चोर्ने प्रहरी निलम्वित

12

सिरहा – सिरहाको एक मदिरा होटलमा रक्सी चोरेको आरोपमा असईसहित तीन प्रहरी निलम्बनमा परेका छन् ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय निलम्बनमा परेका हुन ।

निषेधाज्ञाका बेला घुमुवाको रुपमा खटिएका उनीहरु पुगेपछि होटेल सञ्चालक भागेका थिए । त्यहि मौकामा तीनै जनाले होटेलबाट विभिन्न प्रकारका रक्सी लिएर निस्केको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

जेठ ९ गते लहान नगरपालिका–२३ गढिया चोकमा रहेको एसके मदिरा होटलमा तीनै जनाले रक्सी चोरेको आरोप लागेपछि निलम्बन गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी शालीग्राम शर्माले जानकारी दिए ।

सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि जिल्ला प्रहरी कार्यालयले निलम्बन गरी घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

समाचार वर्गहरू