काठमाडौं – नेपालको लागि होण्डा टू ह्वीलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक आकर्षक उपहार योजना लिएर बजारमा आएको छ।
देशैभरि सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउन सक्ने यस योजनाअन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरीदमा स्क्रयाच कुपन मार्फत १ लाख रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरीद गर्ने ग्राहकहरूमध्ये प्रत्येक प्रदेशबाट एक एक जना गरी सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्रमार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्नेछन्।
साथै बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले ७ लाख रुपैयाँ नगद उपहार पाउने योजना कम्पनीले ल्याएको छ। स्याकार इन्भेष्टमेन्टमार्फत हुने १ प्रतिशत इएमआइ पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरीद दुवैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ।
आगामी २५ वैशाखदेखि शुरु हुने यो योजना देशैभरि १७ जेठसम्म लागू हुने कम्पनिले जनाएको छ।