१० दलीय गठबन्धनले देश निमिट्यान्‍न पार्छ : अध्यक्ष ओली

12

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनको सरकारले देश निमिट्यान्न पार्ने गरी काम गरिरहेको आरोप लगाएका छन् ।

शनिबार कपिलवस्तुको बुङ्चीमा ‘मिसन ग्रासरुट’ अभियानका क्रममा आयोजित जिल्लास्तरीय प्रशिक्षणमा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘पुतलीको एउटा चरण हुन्छ, लार्भा त्यसपछि झुसीलकिरा । त्यसले त रुखका पात मात्र निमिट्यान्न पार्छ । दशतिर फर्किएका गठबन्धनका १० वटा मुख छन् । त्यसैले यीनीहरुले त देश नै निमिट्यान्न पार्न उद्यत छन्,’ ।

पूर्वप्रधानमन्त्री ओलीले गत निर्वाचन एमालेका लागि अस्तित्वको लडाइँ रहेको तर, लोकप्रिय मत हासिल गरेर पहिलो पार्टी भएको दाबी गरेका गरेका छन् । अब आगामी निर्वाचनमा एमालेले तीन तहकै सरकारमा ५१ प्रतिशत मत हासिल गर्नका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाएको उनको भनाइ थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू