२०७५ सालदेखि निर्वाचन आयोगको गाडीमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको रजाइँ

15
फाइल फोटो

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचन आयोगको गाडी प्रयोग गर्ने गरेको पाइएको छ । सरकारी गाडीमा निजी नम्बर प्लेट राखेर पोखरेल अहिलेपनी सोही गाडी चढिरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने पोखरेल निर्वाचन आयोगले उपलब्ध गराएको टाटा स्ट्रोम जिपमा २०७५ सालदेखि निजी नम्बर प्लेट बा १२ च ५२११ राखेर रजाइँ गरिरहेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा उपप्रधानसहित रक्षा मन्त्रीको जिम्मेवारीमा रहेका पोखरेल अहिले एमाले पार्टीका वरिष्ठ उपाध्यक्ष छन् ।

यस बिषयमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री कार्यालयबाट गाडी दिन पत्र आएपछि मात्र उपलब्ध गराएको बताए । प्रधानमन्त्री कार्यालयबाट सचिवको नै पत्र आएपछि गाडी दिएको थपलियाले बताए । तर, उनले निजी नम्बर प्लेट राखेको वा सरकारले राखेको भन्ने विषयमा जानकारी नभएको बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू